site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमितको संख्या ५०७ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । पछिल्लोपटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पाँच नयाँ संक्रमित थपिएका छन् । बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुष, डडेलधुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एकजना राप्ती सोनारीका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए । डिस्चार्ज हुनेमा ९ महिला र १२ पुरुष छन् । १ देखि ६० वर्ष उमेर समूहका उनीहरू १७ देखि २०औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् । यस्तै अहिलेसम्म प्रदेश १ मा २६, प्रदेश २ मा ६ जना, वाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा पाँचजना निको भएर घर फर्किएका छन् ।

Global Ime bank

पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ३४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार चार सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण भएको छ ।

प्रदेश १ मा ९ हजार ९ सय २०, प्रदेश २ मा ६ हजार २ सय ९५, वाग्मती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडीटी परीक्षण भएको छ । यसैगरी प्रदेश ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा आठ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यसैगरी प्रदेश १ मा ५८ जना, प्रदेश २ मा १ सय ५५, वाग्मती प्रदेशमा १८ र गण्डकी प्रदेशमा तीनजना आइसोलेसनमा उपचाररत छन् । यसैगरी प्रदेश ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश १ मा १४ सय १४, प्रदेश २ मा ५ हजार ९ सय ६, वाग्मती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा छन् । यस्तै प्रदेश ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC