बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण 
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हाल क्वारेन्टाइनमा बसेका मानिसहरुमा औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएको थियो ।  सोही क्रममा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए । 
उनले भने “क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको औलो परीक्षण गर्दा औलो (पोजेटिभ ) संक्रमण देखिएको छ ।”

यो रोग लामखुट्टेको टोकाइबाट सर्ने हुँदा सरसफाइ गर्ने, पानी जम्ने स्थानहरु पुर्नुपर्ने उनले बताए । 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्