site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अलपत्र परेका नागरिकलाई राहत
Sarbottam CementSarbottam Cement

जुम्ला । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आफ्नो गृह जिल्लामा पुग्‍न नसकेर अलपत्र परेका नागरिकलाई जुम्लाका युवा स्वयं सेवक समूहले राहत प्रदान गरेको छ । 

नुवाकोटको विदुर नगरपालिका १, त्रिशुलीका रविन तामाङ र सुरेन्द्र तामाङलाई २५ किलो चामल, २ किलो दाल, २ पाकेट तेल र सय रुपैयाँको रिर्चाज कार्ड राहत स्वरुप प्रदान गरेको समूहका  बालकृष्ण बुढाले बताए । त्यसैगरी समूहले भरतपुर महानगरपालिका २७, चितवनका जयबहादुर कुमाल र भीष्म महतालाई तातोपानी गाउँपालिका २, की सत्यदेवी डाँगीले आश्रय दिएकी छन् । उनीहरुलाई पनि उक्त राहत दिइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वडामा निगरानी केन्द्र 
पातारासी गाउँपालिका जुम्लाले पोखरा, काठमाडौं, बुटवल, नेपालगन्‍ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर ल्याउन थालेपछि हरेक वडामा निगरानी केन्द्र निर्माण गरेका छन् । 

लकडाउनका कारण नेपालका विभिन्‍न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय भएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । अलपत्र परेका नागरिकलाई काठमाडौं, पोखरा, नेपालगन्ज र सुर्खेतबाट गाडीमा ल्याउन सूचना प्रकाशित भइसकेको छ । 

Global Ime bank

अलपत्र परेका नागरिकले गाउँपालिकाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरिएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका सदस्य-सचिव रतन बुढथापाले बताए । गाउँपालिकाले आफ्नो खर्चमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न लागेको बताउँदै उनले पातारासी गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट प्रत्येक वडामा निगरानी केन्द्र निर्माण गरिएको बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC