site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा उपचाररत एक महिलाको कोरोना पुन: परीक्षण गर्दा रिपोर्ट पोजेटिभ

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण भएपछि चितवनको भरतपु अस्पतालमा उपचाररत एक महिलाको कोरोना पुन: परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । 

चितवनमा रहेका दुईजना कोरोना संक्रमितमध्ये बिहीबार एकजनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनको तेस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भरतपुर अस्पतालमा उपचार गराइरहेका आमाछोरामध्ये छोराको रिपोर्ट नेगेटिभ आए पनि आमाको कोरोना जाँच गर्दा नतिजा पोजेटिभ देखिएको हो ।

चितवनको राप्ती नगरपालिका ८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए । उनीहरुलाई पहिलो पटक वैशाख ५ गते कोरोना पोजेटिभ देखिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १४:३५
प्रतिक्रिया दिनुहोस्