site stats
बाह्रखरी :: Baahrakhari
देश
बन्दाबन्दी उल्लंघन गर्नेबाट ७० हजार राजस्‍व

काठमाडौं । बन्दाबन्दीका बेला अत्यावश्यक काम नभई घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ । 

अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरवासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा १०० रुपैयाँ जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्‍न भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ । यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भिड गराउनेलाई पनि हजार रुपैयाँ जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट ७० हजार रुपैयाँ राजस्‍व जम्मा भएको पनि उनले बताए ।

नगर क्षेत्रबाट काठमाडौंबाहिर जान लागेका श्रमिक एवं विपन्‍न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ । -रासस
फाइल तस्बिर ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्