site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिक प्रहरीलाई पीपीई 

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग प्राप्त भएको छ । रेमण्ड सप र प्रभु बैँकले सोमबार १०० थान पीपीई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए ।

 
कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेका बेला पीपीई  उपलब्ध गराएकामा ढकालले धन्यवाद दिए । उनले उक्त पीपीई लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास व्यक्त गरे ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सपका अध्यक्ष सञ्जय अधिकारीले विपद्को समयमा आम नागरिकको सहयोगका लागि सदैव क्रियाशील रहेको जनाउँदै आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सजगताका उपायहरू अपनाएको जानकारी दिएका छन् । उनले स्वास्थ्यकर्मीसहित प्रनाउको कमाण्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तीमा दुई मिटर दूरीमा नागरिकसँग दूरी कायम गर्ने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:१९
प्रतिक्रिया दिनुहोस्