site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
१० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातै प्रदेशका १० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

आइतबारबाट धुलीखेल अस्पताल, भरतपुर अस्पताल र भैरहवा अस्पतालमा सुरु भएसँगै  हाल १० स्थानमा कोरोना परीक्षण सुरु गरिएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सातै प्रदेशका अस्पतालमा सोमबार १०७ जना आइसोलेसनमा उपचार गरिरहेका उनले जानकारी दिए । “काठमाडौ उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना आइसोलेसनमा भर्ना भएका छन्,” उनले भने, “सोमबारसम्म देशैभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।”

२४ घण्टामा मन्त्रालयको कलसेन्टर १११५ र ११३३ मा ३ हजार दुई सय १२ कलको सम्बोधन गरिएको प्रवक्ता डा. देवकोटाले बताए । “कन्ट्याक ट्रेसिङ आठै जनाको सम्पर्कमा रहेका मानिसहरूको सबैको गरिरहेको छौ”, उनले भने, “गत २४ घण्टामा मन्त्रालयको मोबाइल एपमा आफ्नो लक्षण राख्ने मानिसमा कोरोनाको रेड जोनमा ५ जना परेका छन् ।”

Global Ime bank

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म कोरोना भाइरसको आशंकामा एक हजार ६ सय ९७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

चैत महिनाभित्र विदेशबाट आएको काठमाडौ उपत्यकाभित्र रहेका मानिसको नमुना संकलन गर्न  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेना सशस्त्र प्रहरी र मेयरले खोज्ने निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC