site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
‘लकडाउन’को अवज्ञा गर्ने झण्डै एघार सय सवारी साधन नियन्त्रणमा

दाङ । दाङमा प्रहरीले कोरोना भाइरसको जोखिमबाट बच्न लागु गरिएको ‘लकडाउन’को अवज्ञा गरेको भन्दै झण्डै एघार सय सवारी साधन नियन्त्रणमा लिएको छ ।

चैत ११ गते देखि २० गतेसम्म एक हजार ९७ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ । लकडाउनको नवौँ दिनमा २७ वटा मात्रै सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले बिहीबार दशौं दिनमा आई पुग्दा संख्या बढेर ४६ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार मात्रै दाङमा ३९ वटा मोटरसाइकल, २ वटा अटो रिक्स र ५ वटा स्कुटर नियन्त्रणमा लिएको प्रहरीले बाह्रखरीलाई जानकारी दिएको छ । नियन्त्रणमा रहेका सवारी साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ८७३ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै, ट्रक ५८ वटा, स्कुटर ६१ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् ।

यसैगरी, अटो रिक्सा २६, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसीबी एक गरी एक हजार ९७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २१:५६
प्रतिक्रिया दिनुहोस्