site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वदेश फर्कने पाँच हजार पुगे
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । कञ्‍चनपुरमा भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कनेको सङ्ख्या ४ हजार ७९२ पुगेको छ । विवरण अनुसार भारतसहित यूएई, जर्मनी, साउदी अरब, मलेसियालगायत मुलुकबाट ती व्यक्ति स्वदेश फर्किएका हुन् । भारतबाट फर्कनेको सङ्ख्या सबैभन्दा बढी छ ।

विदेशबाट फर्कनेमा शुक्लाफाँटा नगरपालिकामा ७५०, भीमदत्त नगरपालिकामा ७२०, महाकाली नगरपालिकामा ३६०,  वेदकोटमा ७५५, कृष्णपुरमा ८१९, पुनर्वासमा ७३०, बेलौरी नगरपालिकामा २६९, लाझाडी गाउँपालिकामा १३४ र बेलडाँडी गाउँपालिकामा २५५ जना छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नौवटै स्थानीयमा क्‍वारेन्टाइनको बेड संख्या ३४३, क्‍वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या ५१ र आइसोलेसनको बेड संख्या ३१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए । उनका अनुसार महाकाली अस्पतालमा आइसेलेसन बे‍ड सङ्ख्या आठ र आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या दुई छ ।

नौ जनाको स्वाब परीक्षण 
महाकाली अस्पतालबाट हालसम्म नौ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब पठाइएकामा ६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको आउन बाँकी नै छ । कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका कञ्‍चनपुरका १९ वर्षीय युवकको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC