site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेशबाट फर्किएकाको लगत सङ्कलन

बेत्रावती । नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन सुरू गरेको छ ।

पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन सुरू गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । उनका अनुसार निर्वाचित जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली लगत सङ्कलनका लागि  घरघरममा परिचालन गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कोरोना भाइरसको सङ्क्रमणको जोखिम नहोस् भन्ने उद्देश्यले पछिल्लो एक महिनामा विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन थालिएको छ”, अध्यक्ष लामाले भने, “घरघरमा पुगेका टोलीले उनीहरु फर्किएको राष्ट्र, विमानमा ट्रान्जिट भएको स्थान, कुन मितिमा आएको हो, त्यसको सम्पूर्ण जानकारीसहित अहिलेको स्वास्थ्य अवस्थाको परीक्षणको व्यवस्था लिइने छ ।”

विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षण गराई सङ्क्रमण भए/नभएको सम्बन्धमा ढुक्क रहन तथा उनीहरुको कारण हुनसक्ने जोखिम अन्त्य गराउन सुरू गरिएको लगत सङ्कलन  कार्य तीनदिन भित्र पूरा गर्ने लक्ष्य बनाएको वडा नं. २ का वडाध्यक्ष देवनाथ भट्टले जानकारी दिए ।

गाउँपालिकाभित्र पछिल्लो एक महिनाको अवधिमा विदेशबाट कोही आएको तथा आएर फर्किएको भएमा त्यसको सूचना गाउँपालिकाको कार्यालय एवम् जननिर्वाचित पदाधिकारी, वडा कार्यालय, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरी चौकी फिकुरीमा जानकारी दिन आह्वान पनि गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०२:१०
प्रतिक्रिया दिनुहोस्