site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्री उपचाररत रहँदा सुस्तायो मिडिया
Sarbottam CementSarbottam Cement

 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक काम कारबाही र अभिव्यक्तिप्रति आलोचना र व्यंग्य गर्दैआएका नेपालका दैनिक पत्रिका प्रधानमन्त्री अस्पतालमा रहँदा भने उनीप्रति भद्र देखिएका छन् । प्रधानमन्त्री ओलीको कामको समाचार, टिप्पणी, आलोचना र समालोचना गरेर समाजलाई तरंगित बनाउने नेपालका दैनिक पत्रिका गएको साता खासै सशक्त देखिएनन् । प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा समाचार त बने तर त्यस्तो कुनै तरंग ल्याउने समाचार बनेन । कोरोनाभाइरस अर्थात् कोभिड–१९ को विषयमा पनि केही समाचार बने तर नेपालमा अहिलेसम्म रोगी फेला नपरेको कारणले पनि यो विषयले दैनिक पत्रिकामा ठूलो महत्त्व पाउन सकेको देखिएन । कोरोनाका कारणले यस वर्षको फागु पूर्णिमा वा होलीमा पनि विशेष हर्षोल्लास र उत्साह देखिएन । 

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपश्चात उनको स्वास्थ्यमा क्रमशः सुधार भयो । तर, मंगलवारको दिन प्रधानमन्त्री ओलीलाई अस्पतालबाट तुरुन्तै डिस्चार्ज नगरिने समाचार आयो । यस समाचारलाई बुधबारको गोरखापत्रले पनि ६ कोलममा प्रकाशित गरेर परिवारको आग्रहमा केही दिन उनलाई अस्पतालमै राखिने जानकारी दियो । राजधानीले “सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने” शीर्षकमा समाचार बनायो । राजधानीले डिस्चार्जपछि पनि प्रधानमन्त्रीले बालुवाटारबाटै काम गर्ने खबर पनि दियो । नागरिकले पनि सोहीअनुरुपको समाचार बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकाले प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पत्रकार सम्मेलनमा बोलेको समाचारका आधारमा प्रमलाई सामान्य अवस्थामा आउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने समाचार दियो । कान्तिपुरले प्रधानमन्त्रीका लागि बालुवाटारमा नयाँ सेटअप बन्दै गरेको समाचार प्रकाशित गर्‍यो । अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीले डिस्चार्ज हुन चाहेका तर चिकित्सक र परिवारले उनलाई धैर्य गर्न आग्रह गरेको समाचार प्रकाशित गर्‍यो । 

मंगलवारसम्म प्रधानमन्त्रीलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा निश्चित नभएको टिचिङ अस्पतालले शुक्रवार प्रधानमन्त्रीलाई डिस्चार्ज गरेर बालुवाटार पठायो । शनिवारका दैनिक पत्रिका सबैले यो समाचारलाई महत्त्वका साथ संप्रेषण गरे । आइतवार सार्क राष्ट्रका नेताबीच कोरोना संक्रमणका लागि एकताबद्ध प्रयासका लागि गरिने भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले भाग लिने समाचारलाई अन्नपूर्ण पोस्टले मुख्य समाचार बनायो । समाचारअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको कोरोनाविरुद्धको एकताबद्ध प्रयासको सुरुआतका रुपमा आइतवार पाँच बजे सबै नेताहरूको सामूहिक भिडियो वार्ता हुनेछ । सो वार्तामा भाग लिन हालै किडनी प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जानेछन् । प्रधानमन्त्रीको स्वास्थ्यले सहयोग नगरेको खण्डमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार र विज्ञ टोलीले नेपालको तर्फबाट भाग लिने पनि सो समाचारमा जनाइएको छ । 

Global Ime bank

कोरोनाको त्रास 

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सुस्ताएका नेपाली दैनिक पत्रिकाले कोरोनाभाइरसले विश्वभर फैलाएको त्रासको विषयमा समाचार प्रकाशित गरे । तर, गएको साताभर नेपालमा एउटै पनि कोरोना संक्रमणको समाचार नआएको कारणले कोरोनाका विषयमा समाचारले धेरै महत्त्व पाएन । 

गएको साता इटलीले १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको समाचारले एउटा तरंग ल्यायो । सो देशका प्रधानमन्त्री ज्युसेप्पे कोन्तेले भेनिस र मिलानलगायतका क्षेत्रमा कम्तीमा एक महिना आवागमनमा कडाइ गर्ने र सम्पूर्ण सार्वजनिक स्थान बन्द गर्ने निर्देशन दिएका छन् । यो समाचार अन्नपूर्ण पोस्टको सोमवारको मुख्य समाचार भयो । सोही दिन नेपाल सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भित्रिन नदिन सरकार विशेष सचेत भएको समाचार गोरखापत्रले प्रकाशित ग¥यो । राजधानी दैनिकले बजारमा फेसमास्क र सेनिटाइजरको अभाव भएको समाचारलाई मुख्य समाचार बनायो । अन्नपूर्ण पोस्टले भने नेपाल प्रवेश गर्ने विदेशीले आफू कोरोनामुक्त भएको प्रमाणपत्र ल्याउनुपर्ने व्यवस्था गरिएको विषयमा समाचार बनायो । 

मंगलवारको कान्तिपुरमा कतारले कामदार प्रवेशमा रोक लगाएको समाचार छ । साथै, धनगढी उपमहानगरले बेसार, बोझो र लसुनको सेवनले कोरोनामा भाइरसबाट बच्न सकिने व्यहोराको अपिल सार्वजनिक गरेको समाचारलाई एन्कर बनायो । कान्तिपुरका जनकराज सापकोटाका अनुसार अधिकांश स्थानीय तह र जिल्ला प्रशासनले निकालेका यस्ता सूचनामा उल्लिखित तथ्य अपुष्ट र भ्रामक देखिएको छ । राजधानीमा निराजन पौडेलले कोरोनाको विषयमा जोखिमभन्दा त्रास बढी भएको भन्दै समाचार लेखे । 

बुधवारको अन्नपूर्ण पोस्टमा राजेश बर्माले बजारमा खाना पकाउने ग्यास र मुख छोप्ने मास्कको अभाव भएको समाचार संप्रेषित गरे । बुधबार कोरोना भाइरस संक्रमणको विषयमा सर्वदलीय बैठक भयो । यस विषयमा गोरखापत्र तथा राजधानीले बिहीबार समाचार प्रकाशित गरे । शुक्रवारको अन्नपूर्णले जमघट नगर्न सुझावसहित नेपाल सरकारको तयारीको विषयमा समाचार लेख्यो । गोरखापत्रले पनि यस्तो समाचार प्रकाशित ग¥यो । राजधानीले आठ देशमा नागरिकलाई नेपालमा आउन अनअराइभल भिसामा कडाइ गरेको समाचार दियो । ती देशमा चीन, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनी रहेका छन् । कान्तिपुरले पनि अनअराइभल भिसासम्बन्धी समाचारलाई आठ कोलमको ब्यानर समाचार बनायो । नयाँ पत्रिकाले नेपालमा भएको कोरोना परीक्षण कति विश्वसनीय छ भन्ने प्रश्न उठाउँदै आठ कोलमको समाचार बनायो । 

आइतवारको नयाँ पत्रिकाले चीन र कोरियासहित कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान भइरहेको समाचारलाई आठ कोलमको ब्यानर समाचार बनाएको छ । साथै उक्त दैनिकले कोरोना भित्रिएको अवस्थामा नेपाल सरकार पहिलो महिनामा १५ सय संक्रमितलाई उपचार गर्नसक्ने तयारीका साथ अघि बढेको समाचार पनि दिएको छ । कान्तिपुरको आइतवारको समाचारअनुसार भारतसँगको आवतजावतका लागि नेपालले वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनवासा) तथा काँकडभिट्टा (रानीगन्ज) का नाकामात्र खोल्ने निर्णय गरेको छ । सामान ढुवानीका लागि भने विगतमा चालु रहेका सबै नाका उथावत् खुल्ला रहनेछन् । 
तस्बिर : रासस

    


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC