site stats
बाह्रखरी :: Baahrakhari
देश
दिल्लीबाट चोरी गरेको १ करोडसहित कैलालीबाट तीन पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयासहित तीनजना कैलालीबाट पक्राउ परेका छन् । जसको नेपाली रुपैयाँ १ करोड २ लाख बढी हुन आउँछ ।

यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १५:१०
प्रतिक्रिया दिनुहोस्