site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका आन्तरिक बैठकमा हेलमेट लगाएर बस्नुपर्ने अवस्था आएको बताएका छन् ।
काठमाडौंमा सोमबार तुलसीलाल अमात्यको स्मृतिसभामा प्रधानमन्त्री ओलीले ती दुई पार्टीको आन्तरिक बैठकमा मन्त्री बन्नेहरूको भीडले गर्दा टाउको जोगाउन मुस्किल हुने गरेकाले हेलमेट लगाएर बस्नुपर्ने अवस्था आएको बताएका हुन् ।
“मन्त्री बन्न चाहनेको भिड छ,” प्रधानमन्त्री ओलीले भने,“कुटाकुट हुँदा टाउको फुट्ला भनेर जोगाउन पनि उनीहरूलाई हेलमेट लगाएर बस्नुपर्ने बाध्यता हुन थालेको छ ।”
उनले संविधानमा केही कमजोरी भएपनि तराईका सम्पूर्ण मागहरु पूरा भइसकेको दोहो¥याए । मधेसी मोर्चाले निहँु खोज्न मात्र आन्दोलन गरिरहेको ओलीले आरोप लगाए । “मधेसीको नाममा अधिकार दिइएको छ । पारीबाट आएको भोलीपल्ट नागरिकता चाहियो । नागरिकता लिएको भोलीपल्ट राष्ट्रपति, प्रधानमन्त्री चाहियो । के नेपालमा नेपालकै नागरिक छैनन् ?” कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “यस्तो माग राखेर बसेका छन् । सरकारमा सहभागी हुने बाहेक सम्पूर्ण माग पूरा भइसकेको छ । अब सरकारमा पनि चाँडै सहभागी हुँदैछन् त्यसपछि त्यो माग पनि पूरा भैहाल्छ नि । अहिले उनीहरू मागसाग छोडेर सरकारमा जान र मविरुद्ध भोट हाल्न लाइनमा छेउछाउकालाई लातले र हातले हान्दै दौंडिदैं आएका छन् ।”
चेतनाको सूचकांक अहिले पनि पहाडभन्दा तराइमा तल रहेको र त्यसैलाई त्यहाँका जमिनदारहरूले आन्दोलनका नाममा उक्साएको प्रधानमन्त्री ओलीले आरोप लगाए । “पहाडमा तीन घण्टा हिंडेर पनि विद्यालय जाने गर्छन् तर तराईमा आँगनमै विद्यालय हुँदा पनि बच्चाहरुलाई विद्यालय नपठाउने गरेकोले जागरण छैन । त्यसैको फाइदा आन्दोलनकारीहरूले उठाइरहेका छन् ।” 
पछिल्लो अवस्थामा नेपालमा राजनीति भन्दा षड्यन्त्र बढी हुने गरेको ओलीको आरोप लगाए । उनले नेपालमा अहिले राजनीति कम र षड्यन्त्र बढी हुने गरेको जनाए । प्रधानमन्त्रि ओलीले भने, “अहिले जे भइरहेको छ । नेपाललाई कहिले अगाडि बढ्न नदिने गरी षड्यन्त्र भइरहेको छ । त्यो शक्तिले यसको प्रयोग नाममा कम्युनिस्ट र काम दक्षिणपन्थिमार्फत गरिहेको छ ।” 
यसैगरी मधेसलाई कसैलै आफ्नो विर्ता नसम्झन उनले चेतावनी दिए  । उनले मधेस कसैको व्यक्तिगत पेवा नभएको बताए । “मधेस कसैको विर्ता नसम्झे हुन्छ,” ओलीले भने, कसै–कसैले आफ्नो नेतृत्वमा सरकार बनेपछि सबै माग पूरा गर्छु भनेर भन्दैछन् । दायाँ बायाँ सही छाप गरेर दिन मधेस कसैको विर्ता हो भनेर नसम्झे हुन्छ ।” 
नेपाली नागरिकता लिएको भोलीपल्ट पुस्तौं देखि बसेकोलाई हाइफाई गर्दै उल्टै हामीलाइ त्यहाँको होइन भन्ने गरिएको ओलीको भनाई थियो । उनले भने, “नेपालको राष्ट्रियता, अखण्डता र जनताप्रति एमाले स्पष्ट र दृढ छ । दुनियाँले थाहा पाए हुन्छ । केही हुनेवाला छैन ।”
उनले कांग्रेस र माओवादी केन्द्रले असारदेखि नै सहमति गरेर सरकारलाई असफल र संविधान कार्यान्वयन हुन नदिन कर्मचारीहरुलाई फोन गरेर कुनै काम नगर्नु भन्ने गरेको आरोप लगाए । “म यहाँ प्रधानमन्त्रिको हैसियतले हैन एमाले अध्यक्ष तथा दलको नेताको हैसियतले बोल्दैछु, संविधान कार्यान्वयन नगर्ने, राष्ट्रलाई अस्तव्यस्त बनाउने, तोकिएको समयमा चुनाव नगराएर देशलाई संवैधानिक संकटमा धकेल्ने चेस्टा कसैले नदेखे हुन्छ,” ओलीले भने, “एमाले बाख्राको घाँटीमा झुण्ड्याएको लुर्का होइन । हामी बाँचुन्जेल नेपालको भूगोल, संविधानको कार्यान्वयन बारे कसैले चिन्ता लिन आबश्यक छैन । म बाँचुन्जेल कसैले देशलाई असफल पार्ने सपना नदेखे हुन्छ ।”
कार्यक्रममा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले माओवादी र एमालेको  गठबन्धन जोगाउन नसकेकोमा गुनासो गरे । “वाम गठबन्धन समय अगावै टुट्यो, यो नटुट्नुपथ्र्याे,” नेपालले भने । एमालेले नै गम्भिरता नदेखाउँदा तथा माओवादीले हतार गर्दा गठबन्धन टुट्न पुगेको नेपालको भनाई थियो । पूर्व प्रधानमन्त्री नेपालले तराईमा अहिले पहाडविरोधि एउटा अभियान चलाइएको बताए । उनले भने, “तराईमा पहाड विरोधि अभियान चलाइएको छ । यसले अहिले त्यस्तो असर नदेखाए पनि पछि ठूला चोट दिन सक्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC