site stats
बाह्रखरी :: Baahrakhari
देश
कुटपिट गरी हत्या गर्ने आमाछोरा पक्राउ

सप्तरी । आफनै बुवाको कुटपिट गरि   हत्या  गरेर  फरार रहेका  कान्छा छोरा  र मृतकका श्रीमतीलाई आज  सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पारिवारीक बिवादका कारण दुई दिन अघि  आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो ।  मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए  । 

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ  । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्