site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासले जारी गर्‍यो यस्तो निर्देशन   
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन २०२१ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्ने क्रम चलिरहेको बेलामा काठमाडौंस्थित अमेरिकी दूतावासले डीभी भर्दा कसरी भर्ने भन्ने बारेमा सूचना जारी गरेको छ । 

सन् २०२१ को लागि डीभी अक्टोबर २ तारेखको मध्यान्ह १२ बजेबाट आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजे सम्म भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो । 

दूतावासले ट्विटरमार्फत भनेको छ, ‘‘डीभी फारम भर्दा व्यक्तिगत इमेल ठेगाना प्रदान गर्नुहोस् (कन्सल्टेन्सीको होइन) र आफ्नो कन्फर्मेशन नम्बर जतन गरेर राख्नुहोस्। आफ्नो ईमेल ठेगाना वा कन्फर्मेशन नम्बर भिसा कन्सल्टेन्सीलाई दिएर विश्वास नगर्नुहोस्। यस्तो विवरण प्रयोग गरेर तिनले पछि तपाईँलाई ठगीको प्रयास् गर्न सक्छन्।’’

Prabhu Bank
Agni Group
NIC Asia

दूतावासले सचेत बन्न आग्रह गर्दै डीभी निःशुल्क आफैंले पनि भर्न सकिने भएकोले शुल्क नतिर्नसमेत आग्रह गरेको छ । 

भर्दा के-के चाहिन्छ ?

Global Ime bank

डीभी भर्दा तपाई अनि तपाईंको श्रीमान-श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण, तपाई र तपाईको परिवारको हालसालै खिचिएको २ बाई २ साइजको फोटो, उच्च माध्यमिक परीक्षा उत्तीर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्यानुभव चाहिने दूतावासले जनाएको छ । 

फर्ममा नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मेको देश, अमेरिकामा जोसँग बस्ने हो उसको पूरा नाम र ठेगाना, बसोबास गरिरहेको देश, फोन नम्बर, इमेल ठेगाना, हासिल गरेको शैक्षिक योग्यता, वैवाहिक अवस्था आदि सूचना दिनुपर्नेछ ।

गलत सूचना दिएको अवस्थामा भिसा नमिल्न सक्ने जनाउँदै दूतावासले मुख्यरुपमा जन्मेको देश अनि सम्पूर्ण परिवारका सदस्यहरुको विवरण ठिक गरी आवेदनमा समाबेश गर्नुपर्ने र दिइएको सूचना दोहोर्‍याएर हेर्न सचेत गराएको छ । 

जन्ममिति , फोटो र परिवारको विवरण पनि ठिकसँग आवेदनमा समावेश गर्न विशेष ध्यान दिन दूतावासले आग्रह गरेको छ । कन्सल्टेन्सीको गल्तिले फोटो अर्कै आवेदकसँग साटिएमा अयोग्य हुने र फोटो राख्दा होशियार हुनुपर्ने समेत जनाएको छ ।

डीभी विजेताको घोषणा सन् २०२० को मे ५ तारेखमा गरिने समेत दूतावासले जनाएको छ । आफ्नो कन्फर्मेसन नम्बर राखेपछि मात्रै डीभीको नतिजा थाहा पाउन सकिने दूतावासले उल्लेख गरेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC