site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
डेंगुको महामारी फैलिएपछि मात्र आत्तिने होइन

काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तनका कारणले पनि दक्षिण एसियाका देशहरुमा डेंगु संक्रमण बढ्दै गएको छ ।  विकसित देशको तुलनामा अविकसित देशहरुमा डेंगु संक्रमण दर बढी देखिने गरेको छ । 

विकसित देशहरुमा जनचेतना, अर्थतन्त्र, स्वास्थ्य सेवा, व्यवस्थापन, पूर्वाधार राम्रोे हुन्छ । तर कम आय भएका देशहरुमा पानीको राम्रो व्यवस्थापन नै हुँदैन । अर्थतन्त्र कमजोर भएर बिरामीहरु ढिलो अस्पताल आउने, स्वास्थ्य सेवा समयमा पाउन सकिने अवस्था छैनन् । 

नेपालमा पहिलो पटक सन् १९९८ को अन्तिम सन् १९९९ मा सुरुमा नेपालगञ्जको बाँकेमा पहिलो पटक डेंगु देखिएको थियो ।

Agni Group

सन् २००४ मा नेपाल घुम्न आएको विदेशी नागरिकलाई चितवनमा देखिएको थियो । त्यसपछि सन् २००६ मा देखिएको थियो । त्यसयता क्रमशः डेगुको संक्रमण बढ्दै गएको थियो । डेंगु हरेक चार चारवर्षमा महामारीका रुपमा बढ्ने हुन्छ । तर महामारी आउँदा मात्र आत्तिने पुनः बिर्सने चलन छ । 

यदि डेंगु देखिएमा त्यो बिरामीलाई अन्य लामखुट्टेको पहुँचबाट टाढा राख्नुपर्छ । बिरामीलाई आइसुलेसन वार्डमा राख्नुपर्छ । अझ त्यो छैनन् भने राम्रो गुणस्तरीय वार्डमा राखेर उपचार गर्नुपर्छ । लामखुट्टे एक स्थानबाट अर्को स्थानमा भवन वरपर जाने हुँदा त्यो स्थानमा स्प्रे गर्नुपर्छ । पानी जम्न दिनुहुँदैन । 

Global Ime bank

लामखुट्टे करिब दुई किलोमिटरसम्म जाने हुन्छ । त्यसैले हामीले आफ्नो घर मात्र होइनकि त्यसको दुई किलोमिटरसम्मका क्षेत्रमा पानी जम्न नदिने, स्प्रे गर्ने, सरसफाईलगायत काम गर्नुपर्छ  ।

जसले त्यो क्षेत्रमा लामखुट्टेको दर घट्नका साथै मानिसमा पनि डेंगु हुने दर कम हुँदै जान्छ । 

त्यसलै हामीले जहिले पनि डेंगुको संक्रमण कसरी घटाउने, त्यसमा समयमा नै सरकार लाग्नुपर्छ । रोग नियन्त्रण महाशाखाले केही बिरामीको संख्या घट्ने बित्तिकै छिटोभन्दा छिटो सर्भे गनुपर्छ । जुन सर्भेबाट कुन जिल्लामा कति डेंगु बिरामी रहेका छन् । अहिले डेंगु संक्रमण बढेको क्षेत्रमा आगामी वर्ष कम देखिन सक्छ । 
जनप्रतिनिधीहरु, शिक्षक, स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने लगायतलाई लिएर डेंगुको बारेमा जनचेतना फैलाउने र यसको बारेमा जानकारी दिने गर्नुपर्छ । जसले अर्कोपटक डेंगु देखिने बित्तिकै तुरुन्तै नियन्त्रणका कदम चाल्न सकिन्छ । 

उनीहरुले अर्कोवर्ष एकजना संक्रमण हुने बित्तिकै समयमा उक्त क्षेत्रमा डेंगुको लार्भाहरुको अवस्था के छ, त्यसको खोजपत्ता गरेर नष्ट गर्न सक्छन् । जनशक्तिलाई फाजिलमा राख्नु भएन । अहिले देखिने आगामी दिनमा डेंगु महामारी आउन नदिन विशेषज्ञ तालिमलगायतको प्रशिक्षण दिन सकेमा कुनै पनि रोगहरु फैलिदैन । अहिलेदेखि नै किट विज्ञ उत्पादन गर्न सकिन्छ । 

मलेरिया लामखुट्टे, चिकेनगुनिया जापनिज् इन्सेफ्लाईटिस लगायतका रोगहरु लामखुट्टेको टोकाइबाट लाग्छ । लामखुट्टे नियन्त्रणका लागि सरकारले ध्यान दिएमा हरेक वर्ष लामखुट्टेको टोकाइबाट हुने महामारी नियन्त्रणमा आउँछ । 

चिसो भएपछि यसको संख्या घट्न तर पुनः गर्मी लागेर मनसुन सुरु भएपछि डेंगु संक्रमण आउछ । पुनः संक्रमण आउने बित्तिकै नियन्त्रणमा ल्याउन सकिन्छ । गतवर्ष डेंगुको संक्रमण देखियो । तर यो वर्ष देखिँदैन भनेर हामीले हात बाँधेर बस्नुहुँदैन । जनशक्ति कम छ । जनशक्ति थप्ने, तालिम दिएर महामारी आउन रोक्न सकिन्छ । 
(सरुवा रोग विज्ञले बाह्रखरीसँग गरिएको कुराकानीमा आधारित) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC