site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनतिर ‘ढल्कियो’ नेपाल
Ghorahi CementGhorahi Cement

गत साताको सबैभन्दा सशक्त शीर्षक रह्यो अन्नपूर्ण पोस्टको असोज ७ गते मंगलवारको मुख्य समाचारको –“चीनतिर ‘ढल्कियो’ नेपाल” । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख सोङ ताओले सम्बोधन गर्दै गरेको र प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ नेकपाका अर्का अध्यक्षसहित अन्य प्रभावशाली नेता मञ्चमा देखिएको तस्बिर ६ कोलममा प्रकाशित गर्दै पोस्टले रामकृष्ण अधिकारी द्वारा लेखिएको यस समाचारलाई महत्त्वका साथ प्रकाशित गर्यो । अधिकारी लेख्छन् – ‘सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिन फिङ विचारधारा’बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् ।’ सो समाचार अनुसार दुवै देशले एक अर्काको विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिबारे छलफल चलाएका हुन् । 

नेपालमा चीनको प्रभाव विस्तार भइरहेको चर्चा चलिरहेको समयमा त्यसैको पुष्टि हुनेगरी अर्को दैनिक नागरिकले पनि सोही दिनको मुख्य समाचार भित्र रंगीन बक्स समाचार बनाउँदै ‘नेकपामा मौलिकताको खडेरी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । नागरिक लेख्छ – ‘नेपालको ठूलो र सत्तासीन वा मपन्थी दलले सुरुदेखि नै माक्र्स, लेनिन, एंगेल्स र माओको विचारधारा मार्गदर्शन मानेर राजनीति गरे पनि त्यसमा बेलाबेलामा विचलन आएका बेला प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्धान्तको धङधङी सुरु भएको हो । अहिले नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता सी चिन फिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताको रुपमा व्याख्या गर्न थालिएको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आएर नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिएको सन्दर्भमा राजधानीले पनि समाचार बनाएको छ । राजधानीले मुख्यतः प्रधानमन्त्री केपी ओलीले गरेको चीनको प्रशंसामा समाचार केन्द्रित गरेको छ । तर सो समाचार भित्र सानो बक्समा भने ‘नेकपालाई ‘सी’ कक्षाले कांग्रेस सशंकित’ शीर्षकको समाचार बनाएको छ । नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको प्रतिक्रिया सो समाचारमा समेटिएको छ । पौडेलले चीनको आर्थिक व्यवस्था उदारीकरण भएकाले खासै समस्या नहुने तर उस्को राजनीतिक व्यवस्था उदार नभएकाले नेपालको सत्तारुढ दललाई पनि प्रभाव पार्न सक्ने भनेका छन् । त्यस्तै सिटौलाले सरकार संविधान बाहिरबाट हिँड्न खोजेको र यो घटना सो कार्यको प्रारम्भिक बिन्दु हुन सक्छ भनेका छन् । 

Agni Group

चिनियाँ विदेश विभागका प्रमुखले सम्बोधन गरेको कार्यक्रमलाई गोरखापत्रले सात कोलमको मुख्य समाचार र सातै कोलमको तस्विर पनि प्रकाशित गरेको छ । ‘चीन नेपालको विकास साझेदार’ शीर्षकको भंगेरा टाउके अक्षरमा प्रधानमन्त्री ओलीले चीनको प्रशंसा गरेको र बलियो भएर पनि चीनको नीति थिचोमिचो गर्ने नभएको विषयलाई समाचारमा समाहित गरिएको छ । सो दिनको राजधानीले पनि यो समाचारलाई प्रथम पृष्ठको पुछारमा एन्कर समाचार बनाएको छ । 

चीनको बढ्दो प्रभावका बारेमा नागरिकले बुधबारको पत्रिकामा ‘प्रशिक्षण प्रेरणा’ शीर्षकमा सम्पादकीय लेख्यो । सो सम्पादकीयमा चीनबाट विकास, निर्माण र समृद्धि सिके हुन्छ, राजनीतिक प्रणाली सिकिरहनु पर्दैन भन्दै नागरिक लेख्छ, ‘नेकपाको यो प्रशिक्षण प्रकरणले यस्तो गलत परम्परा पनि नबसाओस् कि भोलि अर्को दलले अर्को छिमेकी मुलुकको सत्ता वा विपक्षी दलबाट प्रशिक्षण लिन थालुन् । 

Global Ime bank

यही विषयमा नागरिकले बुधबारको अंकमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको एक लेख पनि महत्त्वका साथ प्रकाशित गरेको छ । सो लेखमा दाहाल लेख्छन् – ‘नेपालले अवलम्बन गरेको राजनीतिक प्रणाली र आर्थिक प्रणालीलाई सहयोग गर्नु र चीनको वर्तमान शासकीय मोडलबारे शिक्षा दिनु समान हुन सक्तैन । विगतमा सोभियत रुसले जसरी आफ्नो देशको राजनीति र विचारलाई छरछिमेकमा निर्यात गर्दै गयो त्यसले युरोपमा निरंकुश सत्ताका लागि चरम हिंसाहरू समेत निम्त्याउने काम गरेको इतिहास छ ।’ दाहाल लेख्छन् – अहिले अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको भूमिलाई चनाखो आँखाले हेरिरहेको अवस्थामा त्रिपक्षीय महत्त्वको सानो देशको राजनीतिक विचारलाई विस्थापन गर्ने शैलीमा नेपालमा चीनको मोडलका विषयमा बहस चल्नुलाई कदापि उचित मानिँदैन ।

बुधबारको अंकमा कान्तिपुर दैनिकले पनि अलि बोल्ड शीर्षक राखेर मुख्य समाचार बनायो, ‘‘सी विचारधारा’को नेपाल परीक्षण’ । कान्तिपुरका अनुसार चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा अन्तक्र्रिया गर्ने थालनी नेपालबाट गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका तोङ तथा नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच भएको समझदारी पत्रको हस्ताक्षरसँगै विचार आदानप्रदानको सिलसिला सुरु भएको हो । कान्तिपुरमा दुर्गा खनाल लेख्छन् – ‘दुई मुलुकबीच हुने सम्झौताकै झल्को दिने गरी दुई पार्टी बीचको सहमतिलाई सार्वजनिक गरिएको छ । विगतमा सामान्य ढंगले चलिरहेको सम्बन्धलाई अहिले किन यति धेरै महत्त्व दिइयो ?’ 

राजधानीले बुधबारको अंकमा चीनका सन्दर्भमा दुईवटा समानान्तर मुख्य समाचार बनायो । नेकपा र चीनको सीपीसीबीच भाइचारा समझदारी पत्रमा हस्ताक्षर भएको पहिलो समाचारमा ६ बुँदे समझदारी पनि राजधानीले प्रकाशित गरेको छ । अर्को समाचारको शीर्षक थियो, ‘चीनले बीआरआईमा नेपालको थप प्रतिबद्धता खोज्न सक्ने’ । दोस्रो समाचारका अनुसार चिनियाँ राष्ट्रपति सि जिन फिङको नेपाल भ्रमण भएको अवस्थामायो स्तरको भ्रमण २३ वर्ष पछिको पहिलो हुने र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको प्रतिबद्धता थप माग्ने अनुमान गरिएको छ । 

कान्तिपुरले बिहीबारको अंकमा नेपाल–चीन सम्बन्धका सन्दर्भमा सम्पादकीय लेख्यो । नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच यो साता भएको दुईदिने वैचारिक अन्तक्र्रिया तथा सम्झौताले चर्चा र विवाद ल्याएको भन्दै कान्तिपुरले यो छलफल संयुक्त छलफल भनिए पनि बन्द सत्रमा चिनियाँ पक्षले मात्र कार्यपत्र पेस गरेर आफ्ना धारणा राखेको पाइयो भनेको छ । यो प्रस्तुतिको चुरोमा सी विचारधारा रहेको देखिन्थ्यो र सोही माथि केन्द्रित रहेर नेकपाको नेतृत्व पंक्तिलाई ‘सामूहिक प्रशिक्षण’ दिइनुको औचित्य र आवश्यकता राम्रोसँग खुलेको छैन । चीनले आफ्नो राष्ट्रपतिको नाममा अघि सारेको विचारधारा अन्य मुलुकका कम्युनिस्ट पार्टीले पनि सकारात्मक रूपमा ग्रहण गरिदिउन् भन्ने अपेक्षा राखेको हुन सक्छ भन्दै कान्तिपुर निक्र्योल गर्छ – ‘हामी त्यसखाले प्रयोग थलो बन्नु हुन्न ।’ साथै सो दैनिक लेख्छ, –‘राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणलाई मुलुकको हितमा के कसरी उपयोग गर्न सकिन्छ त्यसतर्फ ठोस तयारीहरू गरिनुपर्छ, अनावश्यक वैचारिक उल्झनमा जेलिने काम गर्नुहुन्न ।’

अमेरिकाको चिन्ता र सक्रियता

चीनको सक्रियतापछि अमेरिकाले पनि नेपालमा सक्रियता बढाएको छ । शुक्रवारको अन्नपूर्ण पोस्टको मुख्य समाचारको शीर्षक छ – ‘अमेरिकी राजदूत सक्रिय’ । सो समाचारमा अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्दै गरेको तस्विर पनि प्रकाशित गरिएको छ । साथै शनिवारको अंकमा अन्नपूर्ण पोस्टले अमेरिकी राजदूतले ‘नेपाल कतै नढल्कोस्’ भनेर राजधानीको एक कार्यक्रममा बोलेको समाचारलाई मुख्य समाचार बनाएको छ । सो समाचारलाई नागरिकले पनि सोही दिन ‘विकास सहयोगप्रति अमेरिकी चिन्ता’ शीर्षकमा एक कोलमको बक्स समाचार बनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC