बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा : डा भट्टराई
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, साउन १७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

तुलसीपुर, १७ साउन । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे । नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उहाँले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राखे ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उनको भनाइ रहेको छ ।  डा भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राखे । बर्सेनि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उनले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक रहेको बताए । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, साउन १७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्