site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भदौ अन्तिम सातादेखि पाकिस्तानी मेला

काठमाडौं । यही भदौ अन्तिम सातादेखि राजधानीमा पाकिस्तानी मेला हुने भएको छ । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता राजधानीमा आयोजना हुने भएको हो । 
राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरको चौथो तल्ला डिइसीसीमा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना हुन लागेको हो ।

पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ताचप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध हुने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।

एक हप्तासम्म चल्ने मेलामा ६० भन्दा बढी प्रतिष्ठित व्यापारीहरुका स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना हुन लागेको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहने छन् । मेलामा यसपालिदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिने आयोजक पक्षले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:३२
प्रतिक्रिया दिनुहोस्