site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वयम्भू गोलीकाण्ड : गाउँपालिका अध्यक्षलाई दिइएको थियो दुई करोड नदिए छोरी मार्ने धम्की
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूमा दुईजनालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोप्चन भनिने मिलन तामाङमाथि गोली प्रहार गरेको हो । उनको दुवै घुँडामा एक–एक गोली लागेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

अर्का एकजना अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । मिलन पनि समातिएका छन् । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । प्रहरी अधिकारीका अनुसार अमृत र मिलन दुवै रामेछापका हुन् । उनीहरुले रामेछापकै लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका थिए ।

गाउँपालिका अध्यक्षले दुई करोड नदिए उनकी छोरीलाई मार्ने धम्की दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो । घाइते मिलनलाई उपचारका लागि अस्पताल लगिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १२:५०
प्रतिक्रिया दिनुहोस्