site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३१ बाट ३४ पुर्‍याइने

भारतको सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३१ बाट ३४ जना पुर्‍याइने भएको छ । बुधबार भारतको राज्यसभा बैठकले सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३१ बाट ३४ बनाउने विधेयक अनुमोदन गरेको छ । अदालतमा मुद्दाहरुको चाङ लाग्न थालेपछि न्यायाधीशको संख्या थप गरिएको हो । 

यसअघि सोमबार उक्त विधेयक लोकसभाले पारित गरेको थियो । कानुनमन्त्री रवि शंकर प्रसादले माथिल्लो सदनमा पेस गरेको विधेयकमा विपक्षी दलका नेता गहुलाम नावीले आफ्नो कुनै आपत्ति नभएको बताएका थिए । उनले भने, "सांसदहरुले न्यायालयको विषयमा धेरै छलफल गर्नुभयो । तर, सामान्यतया न्यायालयका विषयमा संसदमा बहस गर्न चाहन्नौं ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत जुनमा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोइले प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थप गर्न माग गरेका थिए ।

स्क्रोल डटइन

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १६:३१
प्रतिक्रिया दिनुहोस्