site stats
बाह्रखरी :: Baahrakhari
देश
१२ प्रतिशत मानिसमा छ श्वासप्रश्वासको दीर्घरोग !

काठमाडौं । नेपालमा करिब १२ प्रतिशत मानिसमा श्वासप्रश्वासको दीर्घरोग (सीओपीडी) रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले श्वासप्रश्वास दीर्घरोग (सिओपिडी)ेको समस्या ११ दशमलब ७ प्रतिशतमा रहेको देखाएको हो । परिषद्ले सातै प्रदेशमा ३ हजार २ सय जनामा यो अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा बढी स्वासप्रश्वासको दीर्घरोग (सिओपिडी) देखिएको हो । 

त्यसैगरी उक्त अनुसन्धानले श्वासप्रश्वास सम्बन्धी रोग (सिओपिडी)कर्णाली प्रदेशमा देखिएको छ । जसमा २५.१ प्रतिशतमा देखिएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा देखिएको छ जुन सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत रहेको छ । त्यस्तै, प्रदेश १ मा ६ दशमलव २ प्रतिशत मानिसमा दिर्घ स्वासप्रश्वासको समस्या देखिएको छ भने, प्रदेश २ मा १६ दशमलव ४ प्रतिशत  देखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश ३ मा ११ दशमलव ७ प्रतिशत, प्रदेश ५ मा ९ दशमलव ५ प्रतिशत  र सुदूरपश्चिम प्रदेशमा १४ दशमलव ३ प्रतिशत मानिसमा देखिएको छ ।  विभिन्न अस्पतालको तथ्याङक हेर्दा पछिल्लो समय स्वासप्रश्वासको समस्या बढ्दो क्रममा रहेको छाति रोग विशेषज्ञहरु बताउँछन् । वरिष्ठ स्वासप्रश्वास रोग विशेषज्ञ डा. निरज बमले सुर्तिजन्य पदार्थको सेवन बढ्दो प्रयोगले पछिल्लो समय सबैभन्दा बढी दीर्घ स्वासप्रश्वासको समस्या देखिने गरेको बताए । 

“सीओपीडी रोग धूमपान गर्ने, घरको धुवा,रसायानिक पदार्थ मिसिएको धुँवाको वरपर बस्ने मानिसमा, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने मानिसमा बढी देखिने गरेको छ,” उनले भने “यो रोगबाट बच्न धूमपानको सेवन नगर्ने, घरबाट बाहिर निस्कदा मार्कसको प्रयोग गर्ने, धुँवा हुने चुलोको प्रयोग सकेसम्म नगर्ने आदि गरेमा बच्न सकिन्छ ।”

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्