site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
देश नै झुक्किने र झुक्याउने खेलमा
Sarbottam CementSarbottam Cement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार गठन भएको केही महिनादेखिनै विभिन्न प्रकारको विवादमा फस्दै आएको छ । यो सरकार कहिले अरुलाई झुक्याउने काममा लागेको छ भने कहिले सरकार आफैँ झुक्किएको देखिन्छ । यो खेलको थालनी नेकपा (नेकपा)का दुई अध्यक्षबाट सुरु भयो । नेकपाको राजनीतिक प्रतिवेदनमा दलको कार्यदिशा जनताको जनवाद हुने कि जनताको बहुदलीय जनवाद भन्ने विषय विवादकैै रूपमा बढेको छ । पुराना एमाले तथा माओवादीमध्ये कसले कसलाई झुक्याएको भन्ने विषयमा विवाद बढिरहेको अवस्थामा एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई समझदारीबाट पछि हटे दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् । 

नागरिक दैनिकले यो विषयलाई असार १० गते मंगलवार मुख्य समाचार बनाएर दाहालको आवाजको समर्थन गरेको छ । चितवनको एक कार्यक्रममा बोल्दै दाहालले सहमतिबाट लडखडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पार्ने बताए । “पार्टी एकता गर्दा जे जे कुरालाई आधार बनाएर समझदारी गरेका छौँ, हस्ताक्षर गरेका छौँ, दस्तावेजीकरण गरेका छौँ, तिनबाट पछि हट्न थाल्यौँ, कुनै न कुनै बहाना खोज्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुन सक्तैन,” दाहालले बताए । नागरिकले बुधबारको अंकमा पनि नेकपामा भएको अन्तरविरोधको समाचारलाई मुख्य बनाएको छ । 

अन्नपूर्ण पोस्टले असार ९ गते सोमवार नै यही विवादको विषयलाई समाचार बनायो । ‘सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो भनेर सोध्योभने एकथरी नेता समाजवाद उन्मुख जनताको जनवाद भन्छन् भने अर्कोथरी भन्छन् जनताको बहुदलीय जनवाद,’ पोस्टले लेखेको छ । नागरिकले पनि यस विषयलाई सोमवारको अंकमा नै उठाएको थियो । नागरिकले यो विषयमा दुवै अध्यक्षलाई दबाब परेको लेखेको छ । कान्तिपुरमा यसै विषयलाई काटुर्निस्ट अविनले कार्टुन मार्फत व्यक्त गरेका छन् । अविनले सो कार्टुनमा प्रधानमन्त्रीको कुर्सीले नै प्रधानमन्त्री ओलीलाई थिचेको देखाएका छन् । कान्तिपुरको बिहीवारको अंकमा दुर्गा खनालले ओली तथा प्रचण्डबीच मनमुटावको पाँच कारण खुलाएका छन् । ती कारणमा सहमतिमा शंका, सरकारको काम, संसद्मा दुई धार, संवाहीनता तथा अधुरो एकता । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री हेरफेरको हल्लामात्र

यसैबीच मन्त्रिपरिषद्मा हेरफेर गर्ने विषयमा पनि एक अर्कालाई झुक्याउने खेल चलिरहेको छ । अध्यक्ष दाहालले बजेट पश्चात् मन्त्रिपरिषद्मा हेरफेर हुने बताइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले भने अहिल्यै कुनै परिवर्तन नहुने घोषणा गरेका छन् । राजधानीले शनिवार प्रकाशित गरेको समाचारअनुसार प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच नभएको भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले दिएको आश्वासनसँगै मन्त्रीहरूले मिडियामा मन्त्रिपरिषद्मा परिवर्तन हुने भ्रमपूर्ण समाचार प्रकाशित भएको आरोप लगाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारलाई अस्थिर बनाउन मन्त्रिपरिषद् परिवर्तनका हल्ला फैलाइएको भन्दै टिप्पणी गरेका छन् । अन्नपूर्ण पोस्टले बिहीवारको अंकमा ‘मन्त्री हेरफेर छिट्टै’ शीर्षकमा मुख्य समाचार बनाउँदै कम्तीमा ६ जना मन्त्री हेरफेर हुने र नयाँ मन्त्री हुन चाहने आकांक्षीसँग दुवै अध्यक्षले भेटघाट गरेको समाचार प्रकाशित गरेको थियो । 

Global Ime bank

सामुदायिक विद्यालयको स्तरमा चिन्ता

असार १२ गते बिहीवार कक्षा दस समाप्ति पश्चातको राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई (माध्यमिक शिक्षा परीक्षा)को नतिजा प्रकाशित गरेको छ । संघीय संरचनाअन्तर्गत पहिलोपल्ट लिइएको यस परीक्षामा प्रदेशअनुसार अनिवार्य विषयहरूको प्रश्नपत्र फरक फरक बनाइएको थियो । देशभरी चार लाख ५९ हजार २७५ विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षाको नतिजा सबै दैनिक पत्रिकाले शुक्रवारको अंकमा प्रकाशित गरेका छन् । सबैजसो पत्रिकाले सामुदायिक विद्यालय कमजोर भएको विषयलाई महत्त्वका साथ उठाएका छन् । 

कान्तिपुरले सातै कोलममा समाचार प्रकाशित गर्दै ‘सामुदायिक अझै कमजोर’ शीर्षक दिएको छ । ७१ प्रतिशत सामुदायिक र २९ प्रतिशत विद्यार्थी निजी विद्यालयबाट परीक्षामा सम्मिलित भएकोमा निजी विद्यालयको नतिजा बढी सन्तोषजनक रहेको सो दैनिकमा सुदीप कैनीले लेखेको समाचारले जनाएको छ । निजी विद्यालयका १४ हजार ७८८ विद्यार्थीले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन् भने सामुदायिक विद्यालयका २ हजार ७९२ ले मात्र सो उच्च अंक हासिल गर्न सकेको देखिन्छ । 

नागरिक दैनिकले कति जीपीएमा सरकारी विद्यालयका कति र निजी विद्यालयका कति संख्यामा उत्तीर्ण भए भन्ने टेबलनै बनाएको छ । सुध्रिएन सरकारी शिक्षा भन्दै रुबी रौनियारले लेखेको समाचारमा सरकारी विद्यालयका विद्यार्थीको स्तर झन् कमजोर हुँदैगएको नागरिकमा जनाइएको छ । दिनेश गौतम तथा ईश्वरकाजी खाइजूले अन्नपूर्ण पोस्टमा लेखेको ‘खस्किए सामुदायिक’ शीर्षकको समाचारमा पनि बार ग्राफसहित कुन तहमा कति निजी र कति सामुदायिकका विद्यार्थीले परीक्षा उत्तीर्ण गरे भन्ने स्पष्ट देखिन्छ । राजधानीमा प्रशान्त वली तथा सञ्जीव दुलालले लेखेको समाचारमा पनि सोहीअनुरुप शीर्षक प्रकाशित गर्दै निजी विद्यालयबाट उच्च अंक ल्याउनेको संख्या सामुदायिकभन्दा पाँच गुणा बढी रहेको जनाइएको छ ।    

गोरखापत्रले भने अनिवार्य विषयमा विद्यार्थी कमजोर भएको विषयलाई महत्त्व दिएर समाचार बनाएको छ । प्रकृति अधिकारीले संप्रेषण गरेको समाचारअनुसार अनिवार्य अंग्रेजी विषयमा ए प्लस ल्याउने परिक्षार्थीको संख्या १५ हजार ७६० छ भने सी ग्रेड ल्याउनेको संख्या ९५ हजार ९१ । त्यस्तै नेपालीमा ए ल्याउने तीन हजार २१२ छन् भने सी प्लस ल्याउने एक लाख छ हजार ७६ छन् । अनिवार्य गणितमा १० हजार ९५३ ले ए ल्याए भने एक लाख ७१ हजार २३१ ले ई ग्रेड ल्याएका छन् । त्यस्तै विज्ञानमा ए प्लस ल्याउने १९ हजार ५६२ छन् भने ९० हजार ८९१ ले सी ग्रेडमा चित्त बुझाउनु परेको छ । नयाँ पत्रिकाले प्रकाश धौलाकोटीको एसईईको नतिजामा खासै फरक नआएको समाचार प्रकाशित गरेको छ । हिमालय टाइम्सले भने ‘एसइई नतिजा सुधारोन्मुख’ भन्ने शीर्षक दिएको छ । 

नागरिक दैनिकले सामुदायिक विद्यालयमा अब्बल कुन कुन छन् भन्ने समाचारलाई शनिवारको अंकमा मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । नागरिकको संघीय ब्युरोले तयार पारको समाचारका अनुसार काठमाडौंको बाफलस्थित ज्ञानोदय मावि अब्बल नतिजा ल्याउन सफल भएको छ । त्यस्तै ललितपुरको श्रमिक शान्ति मावि, भरतपुरको नारायणी नमुना मावि, विराटनगरका पोखरिया र आदर्श मावि, पोखराका अमरसिंह नमुना उच्चमावि, शीतलदेवी र बालमन्दिर मावि, गोरखाको सरस्वती, तनहुँको सत्यवती, बुटवलको कालिका र पाल्पाको देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।  
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC