site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सामाजिक सञ्‍जालमा टिप्पणी– श्री ५ को सरकारबाट मेरो सरकार !
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ उच्चारण गरिन् । राष्ट्रपतिको सम्बोधन गणतन्त्रपूर्व तत्कालीन राजाले प्रयोग गर्ने सम्बोधनको भाषासँग मिलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

सामाजिक सञ्जालमा सरकार श्री ५ को सरकारबाट मेरो सरकारको बढुवा भएको टिप्पणी भइरहेको छ ।

पत्रकार गुणराज लुइँटेल माइक्रो ब्लगिङ साइट ट्विटरमा लेख्छन्– “अघि श्री पाँचको सरकार थियो । त्यही भएर ‘मेरो सरकार’ हुकुम हुन्थ्यो । इतिहासको झझल्कोले मर्ने भइयो !”

Prabhu Bank
Agni Group
NIC Asia

अघि श्री ५ काे सरकार थियाे। त्यही भएर 'मेराे सरकार' हुकुम हुन्थ्याे। इतिहासकाे झझल्काेले मर्ने भइयाे!

— Guna Raj Luitel (@gunaraj) May 3, 2019

 

Global Ime bank

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त राष्ट्रपतिलाई रानी नबनाउन अनुरोध नै गरेका छन् ।
उनले ट्विट गरेका छन्– “रास्ट्रपतिलाई रास्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन !”

सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?

कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019

प्रवक्त शर्माले राष्ट्रपतिको सम्बोधन नसकिँदै ट्विट गरेका थिए । जहाँ उनले भनेका थिए– “सम्माननीय प्रधानमन्त्री ! मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार  ? कुनै बेला ‘श्री पाँचको’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?”
कांग्रेस नेता एवम् सांसद गगन थापाले त झन् कटु टिप्पणी गरेका छन् । संसद् भवनबाटै ट्विट गर्दै उनले भनेका छन्– “म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?”

म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?

— Gagan Thapa (@thapagk) May 3, 2019

साझा विवकेशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि राष्ट्रपतिको ‘मेरो सरकार’ सम्बोधनप्रति असहमति जनाएका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले ट्विट गरेका छन्– “राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ । यो राष्ट्रपतिको सरकार होइन । नेपाली जनताको सरकार हो । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ।

— Rabindra Mishra (@RabindraMishra) May 3, 2019

कांग्रेसका अर्का नेता रमेश लेखकले पनि सम्बोधनप्रति आपत्ति प्रकट गरेका छन् । उनले लेखेका छन्– “देशमा राजतन्त्र भएका बेला नेपाल सरकारलाई श्री पाँचको सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम वाचना गर्दा राजाले मेरो सरकार भन्थे । अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार  भन्नु भएको बुझिएन ।”
 

 

देशमा राजतंत्र भएको बेला नेपाल सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम बाचना गर्दा राजाले मेरो सरकार भन्थे। अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार भन्नु भएको बुझिएन।

— Ramesh Lekhak (@lekhak_ramesh) May 3, 2019

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय