site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । स्थानीय ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य अर्जुन गिरीलाई साइबर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि व्यवसायी विपेन्द्रराज बतासका बारेमा लेखिएको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो । 

सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए । पक्राउ परेका पत्रकार गिरीलाई सोमबार नै काठमाण्डौं लगिएको छ । कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनानुसार पक्राउ गरिएको बताए ।

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साईवर क्राईमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल रिहाईको माग गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC