site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ।
 
गत फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट प्रा डा रौनियारलाई हटाउने निर्णय गरेको थियो।
 
सोही निर्णयको आधारमा प्रतिष्ठानका सहकुलपति उप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उपकुलपति प्रा डा रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरेका थिए।
 
सो सिफारिसको आधारमा प्रधानमन्त्री ओलीले रौनियारलाई पदबाट हटाउने गत फागुन २६ गते निर्णय गरेका थिए। बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायलमा प्रा डा रौनियार पदमुक्त भएको पत्र आएको मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले बताए। 

उनले भने, “शुक्रबारसम्ममा प्रा डा रौनियार समक्ष पदमुक्त भएको पत्र पुगिसक्ने छ।” सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान छ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १५:२४
प्रतिक्रिया दिनुहोस्