site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ महिनामा ३३ जना प्रदेश सांसदले गरे विदेश भ्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो ६ महिनामा प्रदेशसभा अन्तर्गत ३३ जना सांसदहरुले विभिन्न देशको भ्रमण गरेका छन् । विदेश भ्रमण गर्नेमा सबैभन्दा बढी सांसद प्रदेश नं. ३ र गण्डकी प्रदेशका छन् भने सबैभन्दा कम प्रदेश नं. ५ र कर्णाली प्रदेशबाट विदेश भ्रमणमा गएको देखिन्छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कअनुसार प्रदेश सांसदले सबैभन्दा बढी जापान, युरोप तथा अमेरिकी राष्ट्रको भ्रमण गरेका छन् । जापान, युरोप तथा अमेरिकापछि चीनको भ्रमण गर्ने सांसदको संख्या बढी रहेको छ । प्रदेशका सांसदहरु अफ्रिकाबाहेक सबै महादेशमा पुगेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तथ्याङ्कअनुसार प्रदेश नं. १ का सांसदहरु सन्जाकुमारी दनुवारले जापान, मालामती कुमारी रानाले अष्ट्रेलिया, वसन्त कुमार बानियाँले लक्जेम्बर्ग, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले दक्षिण कोरियाको भ्रमण गरेका थिए । प्रदेश नं. १ कै सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि यो अवधिमा विदेश भ्रमण गरेका छन् । 

प्रदेश नं. २ बाट प्रदेशसभा सदस्यहरु रुवी कुमारी कर्ण, शोभा लामा, वीरेन्द्र कुमार सिंह, नरेश कुमार यादव र दीलिप कुमार साहले एकसाथ जापानको भ्रमण गरेका थिए । यस्तै, प्रदेश नं. ३ बाट सभामुख सानुकुमार श्रेष्ठले भारत, सांसदहरु निमा लामाले अमेरिका, नरोत्तम वैद्यले फ्रान्स, राजेन्द्र गुरुङले फ्रान्स, दिपेन्द्र श्रेष्ठले फ्रान्स, विनोदकुमार खड्काले फ्रान्स र हिरानाथ खतिवडाले दक्षिण कोरियाको भ्रमण गरेका थिए । 

Global Ime bank

गण्डकी प्रदेशबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हङकङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बेलायत, उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्री विकास लम्सालले थाइल्याण्डको म्रमण गरेका थिए । मुख्य मन्त्री गुरुङले यो अवधिमा चीनको पनि भ्रमण गरेका थिए । गण्डकी प्रदेशबाट प्रमुख सचिव लक्ष्मीराम पौडेल, योजना आयोगका उपाध्यक्ष गिरधारी शर्मा पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पनि चीन भ्रमण गरेका थिए । 

प्रदेश नं. ५ बाट लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बेल्जियम र श्रीलंकाको भ्रमण गरेको देखिन्छ । कर्णाली प्रदेशबाट सांसदहरु राजु नेपाली र मिना सिंहले जर्मनीको भ्रमण गरेका थिए । सुदूरपश्चिम प्रदेशबाट तारालामा तामाङले चीन र अर्जेन्टिना, मोहदत्त जोशीले जापान र प्रकाश रावलले चीनको भ्रमण गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC