site stats
बाह्रखरी :: Baahrakhari
देश
मुख्यमन्त्री पोख्रेल कक्षाकोठामा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विद्यार्थीहरुलाई पढाएर विद्यालयमा एक दिन, कक्षा कोठामा एक दिन कार्यक्रमाको शुरुवात गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको उक्त अभियान अन्तर्गत सोमबार उनले तुलसीपुर ७ को कालाखोलाका विद्यार्थीहरुलाई पढाएका हुन् । 

अब सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुवात भएको मुख्यमन्त्री पोख्रेलले बताए । यसले शैक्षिक गुणस्तर वृद्धि गर्न समेत मद्दत पुर्याउने उनको भनाइ छ । अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरे सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनले बताए । 

तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्याइने मुख्यमन्त्री पोख्रेलले बताए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १७:२५
प्रतिक्रिया दिनुहोस्