site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लहानमा तीन दिने ‘विकीक्याम्प नेपाल २०१८’

काठमाडौं । पहिलो ‘विकीक्याम्प नेपाल २०१८’ सिरहाको लहानमा सुरु भएको छ । सिरहा मैथिली विलिमेडिन्स युजर ग्रुप र विकिमेडियन्स अफ नेपाली युजर ग्रुपको आयोजनामा कार्यक्रम हुन लागेको हो । 

यही मंसिर ६, ७ र ८ गते तीन दिन हुने कार्यक्रमलाई ओपन नलेज फरक अल (ओकेएफए) ले सहयोग गरेको छ । यो संस्थाले विभिन्न भाषाको प्रवद्र्धनमा सहयोग गरिरहेको छ । कार्यक्रमको उद्देश्य नेपालमा विकिमिडिया अफलाइन गतिविध बढाउनु, नयाँ विकिपेडियन्सको क्षमता बढाउनु र अनुभव आदानप्रदान गर्नु रहेको आयोजकले जनाएको छ । 

कार्यक्रमले नेपाली, मैथिली, डोटेली, नेवारी, भोजपुरी, संस्कृत, अवधि, मारवाडी आदि भाषाका विकिपेडियन्सलाई एकै ठाउँमा ल्याउने आयोजकको भनाइ छ । कार्यक्रमलाई विकिमिडिया फाउन्डेसनले स्पोन्सर गरेको छ । आयोजक संस्थाका सदस्य विप्लव आनन्दले नेपालमा यसप्रकारको कार्यक्रम पहिलो भएको र हरेक वर्ष आयोजना गरिने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro