site stats
देश
इटहरीमा अत्याधुनिक तीनतले बसपार्क निर्माण हुने

विराटनगर । सुनसरीको इटहरीमा अत्याधुनिक तीनतले बसपार्क निर्माण हुने भएको छ । इटहरीस्थित पुरानो बसपार्क भएको ठाउँमा १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा अत्याधुनिक बसपार्क बनाउन लागिएको हो ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माण गर्ने उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए । 

S.A.U
Agani Group

यस विषयमा नगर विकास कोषसँग सम्झौता भएको छ । बिहीबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मेयर हेमकर्ण पौडेलले सम्झौतमा हस्ताक्षर गरेका छन् ।

कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेस्टुरेन्टसहितको हुने छ ।

Global bank

१८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण हुनेछ । ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ । पार्किङ सानोठूलो छुट्टै हुने बसपार्कमा ढल व्यवस्थापन र ड्रेनसहितको सुविधा हुनेछ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरू सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए । बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएको थियो ।

“अब बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतीक्षालय रहनेछ भने साइडमा पार्किङस्थल रहनेछ,” इटहरीका मेयर पौडेलले भने, “अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ ।”

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय