site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्ले राष्ट्रपति छान्न नसकेपछि दुई सांसदले संसद्मै रात बिताएर गरे विरोध
Tiktok banner adTiktok banner ad

बेरुत । विधायकहरूले ११औँ पटकको प्रयासमा पनि राष्ट्रपति छनोट गर्न नसकेपछि विरोध जनाउने उद्देश्यले दुईजना सांसदले लेबनानको संसद्भित्रै रात बिताएका छन् । पछिल्लोपटकको मतदानपछि नाजात सालिवा र मेल्हेम खालाफले च्याम्बर छाड्न अस्वीकार गर्दै भवनभित्रै रात बिताएका हुन् ।

सत्ताबाट बाहिररिन लागेका राष्ट्रपतिको कार्यकाल गत ३१ अक्टोबरमै सकिएको थियो । उनले सत्ता छाड्नुअघि नयाँ राष्ट्रपति निर्वाचित हुनुपर्छ । तर, लेबनानका विभिन्न साम्प्रदायिक दलहरू उत्तराधिकारीका लागि अझै सहमत भएका छैनन् । 

नाजात सालिवाले बीबीसीलाई भनेका छन्, "हामीलाई कसैले पनि हटाउने प्रयास गरेनन् । त्यसको विपरीत संसद्का कर्मचारीहरू निकै सहयोगी देखिए । उनीहरूले हाम्रा लागि बैठक कोठाहरूलगायत महासभाकक्ष पनि खोलिदिए । नियम अनुसार सधैँ दिउँसो साढे २ बजेदेखि विद्युत आपूर्ति बन्द गरिने भएकाले हामीले अँध्यारोमै रात गुजार्‍यौँ । तर हामीले हामीलाई भेट्न आउने अन्य विधायकहरूसहित थुप्रै मानिसबाट धेरै खाना प्राप्त गर्‍यौँ ।" 

फोर्सेज अफ चेन्ज ब्लकका दुवै विधायक सालिवा र खालाफले गत चुनावबाट संसद्मा प्रवेश गरेका थिए । उनीहरूले नयाँ राष्ट्रपति तय नहुन्जेलसम्म आफूहरू संसद्मै बसिरहने बताएका छन् ।  
बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro