site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदलाई टोले गुण्डाको ज्यान मार्ने धम्की

पोखरा । मनोज पुनको नाम नाम लिएर ४ नम्बर प्रदेशसभाका सदस्य बिन्दुकुमार थापालगायत पोखराका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै फिरौती रकम माग गर्ने चार जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

भारतमा गएर मनोज पुनको परिचय दिँदै सांसद तथा व्यापारीसँग करोडांै फिरौती रकम माग्ने स्याङ्जा पुतलीबजार–६ टक्सारका शंकर भन्ने नरबहादुर गुरुङ, स्याङ्जा फेदीखोला–४ का २६ वर्षिय अमृत खड्का, स्याङ्जा फेदीखोलाकै २३ वर्षिय शिव कार्की र पर्वत कुश्मा–१० का रामु सुवेदीलाई कास्की प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । 

उनीहरुले पुनको नाम लिँदै पोखराका सांसद तथा व्यापारी बिन्दुकुमार थापा, कालु गुरुङ, बोधराज कार्की र मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई भारतीय नम्बरबाट फोन गर्दै करोडौं फिरौती रकम माग गरेको पोखरा प्रहरी प्रमुख एसपी अशोक सिहले बताए । 

सांसद थापालाई माघ १५ गते तीन दिनको अल्टिमेटम दिई ९८६५१६५५१२ नम्बरको मोबाइलबाट धम्कीपूर्ण म्यासेज आएको प्रहरीले बताएको छ । ‘तपार्इंले के कसरी कमाउनुभएको छ, त्यो हामीलाई थाहा छ, भनेको समयमा रकम तयार पार्नू, हैन भने के हुन्छ विचार गर्नू’ भन्दै म्यासेज आएको प्रहरीको भनाइ छ । 

“धम्कीपछि सांसद थापाले हामीसँग समन्वय गर्नुभयो । साँच्चिकै पुनले नै फोन गरेको हो कि भन्दै हामीले अनुसन्धान गर्यौं,” कास्की प्रहरी प्रमुख एसपी सिंहले भने, “अनुन्धान गर्दै जाँदा उक्त नम्बर स्याङ्जाको लोकेशनमा देखियो । शिव कार्कीले उक्त नम्बर प्रयोग गरेको देखियो ।” सिंहका अनुसार उनीहरुले नेपालबाट मात्र नभएर भारतमा गएर भारतीय नम्बरबाट पनि फोन गरेको देखिएको छ । नेपाली नम्बरबाट फोन गरेर मनोज समूहको सदस्य भन्ने र उनै रामु सुवेदी र अमृत खड्का भारतमै गएर मनोज पुन नै भनेर फोन गर्ने गरेको देखिएको एसपी सिंहले बताए । 

घटनाका मुख्य योजनाकार शंकर भन्ने नरबहादुर गुरुङले पोखराको जरेबरस्थित एउटा घरको फ्ल्याट नै भाडामा लिएर राम सुवेदी र अमृत खड्कालाई तालिम दिएर फिरौती मिसनमा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले अमृत खड्काको साथबाट फिरौती रकम माग गर्दा प्रयोग गरिएका २ वटा सिमकार्डसहित घटनामा प्रयोग भएको मोबाइलसमेत बरामद गरेको छ । 

आर्थिक लोभमा फसियो : अभियुक्त 
पक्राउ परेका अभियुक्तहरुले रातारात करोडपति भइन्छ भन्दै आर्थिक प्रलोभनमा पारेर नरबहादुर गुरुङले फसाएको बयान दिएका छन् । “अहिले मनोज पुनको धम्कीले सबैजना डराउँछन् । यो मौकामा कमाउनुपर्छ, धम्की दिएमा ज्यानको डरले खुरुक्क पैसा निकाल्छन् भन्दै गुरुङले आश देखाए, त्यही मानियो । लागेको खर्च पनि उनैले ब्यहोरेका हुन्,” यताउता गर्दा केही आफ्नो खर्च भएको समेत पक्राउ परेकाहरुले प्रहरी बयानमा भनेका छन्  ।

उता घटनाका मुख्य योजनाकार भनिएका नरबहादुर गुरुङले भने ऋण तिर्नको लागि यस्तो नाटक रचेको बयान दिएका छन् । “धेरै व्यक्तिहरुलाई पैसा दिन रहेको र व्यवहार बिग्रिएकाले यस्तो खेल गर्नु परेको हो,” उनले प्रहरी बयानमा भनेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro