site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अख्तियारको ‘स्टिङ अप्रेशन’मा प्रहरी जवानदेखि डीएसपीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ४५ वटा ‘स्टिङ अप्रेशन’मा ५ जना प्रहरी पनि परेका छन् । सेवाग्राहीबाट घूस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा नेपाल प्रहरीका जवानदेखि डीएसपीसम्म परेका हुन् । अख्तियारबाट पक्राउ पर्नेमा एक डीएसपी, एक इन्सपेक्टर, दुई असई,  एक हवल्दार र एक जवान छन् । उनीहरुलाई अख्तियारले सबुत प्रमाणसहित नियन्त्रणमा लिएको थियो । 

गएको मंसिर ५ गते नयाँ बसपार्क प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिहर सुनुवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घूससहित रंगेहात नियन्त्रणमा लियो । सुनारले बसपार्कका होटलसँग घूस लिने गरेको सूचना पाएपछि अख्तियारले होटल सञ्चालकसँग समन्वय गरी इन्सपेक्टर सुनारलाई रंगेहात पक्राउ गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारको स्टिङ अप्रेशनमा गएको असोज २९ मा महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारी पनि परे । भण्डारीले राखेका घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाटले काठमाडौं धनेश्वरका गंगा देवानलाई पक्राउ गरी २० लाख घूस मागेको खुलेपछि उनका आफन्त अख्तियारमा पुगेका थिए । सोही घटनामा मध्यस्थकर्ताको भूमिका खेल्ने असई भाट पक्राउ परे । उनको बयानपछि अख्तियारले डीएसपी भण्डारीलाई नियन्त्रणमा लिएको थियो । 

त्यसैगरी अख्तियारकै टोलीले अघिल्लो साता महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशमबहादुर खड्कालाई तीन लाख रुपैयाँ घूससहित पक्राउ गर्यो । काठमाडौं पेप्सीकोलाको एक सहकारीले ठगी गर्यो भन्दै उजुरी परेपछि सहकारी र पीडित पक्षबीच भएको कागज असई खड्काले राखेका थिए ।

Global Ime bank

कानुनी उपचारका लागि पीडितसँग कागज भएन र प्रहरीमा भएको कागज माग्दा असईले तीन लाख मागेका थिए । पीडितले घूस त दिए तर आफ्नो हैन अख्तियारको नोट ! अख्तियारले घूस रकम आफैं दिने र ती नोटको फोटोकपी आफैं राख्ने गरेको छ । सेवाग्राहीलाई दुःख दिने धेरै प्रहरीविरुद्ध उजुरी परेको अख्तियार स्रोतले बताएको छ । उनीहरु क्रमशः प्रमाणसहित पक्राउ पर्ने अख्तियारको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement