site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी, १९२ देशमा निगरानी 

काठमाडौं । नेपाल प्रहरीले पूर्व डीआईजी तथा सांसद नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रहरी प्रमुख बन्नका लागि कार्य सम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविनका लागि बोलाउँदा पनि नआएको र खोजी गर्दा पनि नभेटिएपछि पूर्व

डीआईजी तथा एमाले सांसद सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । इन्टरपोलमार्फत खोजी कार्य जारी राख्न यस्तो नोटिस जारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा नेपाल प्रहरीले सिलवालको नाममा डिफ्युजन नोटिस जारी गरिएको हो ।  डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।

कतिपय देशले पक्राउसमेत गर्न सक्ने भए पनि कतिपय देशले निगरानीमा राखेर आशंका लागेमा वा फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्ने प्रहरी स्रोतले जानकारी दियो ।

मुद्दामा अपराध सावित भइनसकेको तर प्रहरीको खोजीमा रहेका व्यक्ति विदेशमा रहेको आशंका लागेमा डिफ्युन नोटिस जारी गरिने प्रहरीले जानकारी दिएको छ ।

“तिमीहरुले खोजेको व्यक्ति यहाँ छ भनेर अब हामीलाई १९२ वटै देशको प्रहरीले खबर गर्न सक्छ,” प्रहरी स्रोतले भन्यो, “कतिपय देशले समातेर नै पठाउँछ भने कतिपय देशले निगरानीमा राखेर हामीलाई खबर गर्छ ।”

सिलवालले सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहरपछि यसमा अनुसन्धान अघि बढाइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि ललितपुर प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि सिलवालसँग सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित गराइदिन पत्राचार गरेको थियो ।

तर एकसातापछि ललितपुर प्रहरीले फेला नपारेको भन्दै देशका ७७ वटै जिल्लामा खोजीका लागि पत्राचार गरेको थियो ।

“सबै प्रक्रिया पूरा गरेर डिफ्युजन नोटिस जारी गरिएको हो,” सोमबार प्रहरी उच्च स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो । त्यसबाहेक नेपालमा पनि उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

उनी केहीदिन अघि कार्यक्रमका लागि मलेसियामा पुगेको बताइएको भए पनि त्यसपछि त्यहाँबाट अन्य मुलुकमा पुगेको आशंका प्रहरीको छ । तर सिलवालले आफू आफ्नै क्षेत्रमा रहेको मिडियामा बताएपछि उनको खोजीका लागि आइतबार १५० बढी प्रहरी पठाइएको थियो ।

तर पनि सिलवाललाई फेला पार्न सकेन । 

“सिलवालको खोजी हामीले जारी राखेका छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बाह्रखरीसँग कुरा गर्दै भने, “आइतबार पनि हामीले सिलवालको खोजीका लागि ललितपुरको भट्टेडाँडामा करिब १५० प्रहरी परिचालन गरेका थियौं, भेटिएनन् ।”

त्यस्तै नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि सिलवालको खोजी जारी रहेको बताए । 

“अनुसन्धानका लागि काठमाडौं प्रहरीले सिलवाललाई भेटेमा बुझाउन भन्दै देशभरका प्रहरीलाई पनि पत्राचार गरिएको छ,” उनले भने, “सिलवाल अहिले दोषी हुन् वा होइनन् भन्ने अनुसन्धानकै विषय छ ।”

के हो त डिफ्युजन नोटिस ?
 

अनुसन्धानका क्रममा प्रहरीले खोजेको व्यक्ति सम्पर्कमा नआएर देश बाहिर भागेमा उसलाई प्रहरी सम्पर्कमा ल्याउनका लागि इन्टरपोल सदस्य राष्ट्रलाई उक्त व्यक्तिको सम्पूर्ण विवरण र अनुसन्धानको विषय भरेर निगरानी तथा भेटिएमा खबर गरिदिन भन्दै अनुरोध गरिन्छ ।

१९२ वटा देश यसको सदस्य रहेकाले ती सबै देशका प्रहरीले खोजी तथा निगरानी राखेर नेपाल प्रहरीलाई जानकारी गराउँछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro