site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वसन्त पौडेलको हत्या मनोजकै निर्देशनमा, साढे ३ लाख सुपारी

काठमाडौं । रुपन्देहीका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्या गर्न सुटरले ३ लाख ५० हजार रुपैयाँ सुपारी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि पक्राउ परेका दुईजनालाई आइतबार सार्वजनिक गर्दै प्रहरीले हत्याका निम्ती ३ लाख ५० हजारमा डिल भएको बताएको हो । 

प्रहरीले आइतबार नवलपरासीका पदम चौधरी र सुनसरीका महिनारायण चौधरीलाई सार्वजनिक गरेको छ । प्रहरीले पदमलाई पोखरा र महिनारायणलाई चितवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गएको पुस ५ गते मिलमा काम गर्दै गरेका वसन्तलाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी फरार भएका थिए ।

पक्राउ परेका महिनारायण चौधरीले मोटरसाइकल चलाएको र महिनारायण पनि सँगै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका चौधरी यसअघि विभिन्न आपराधिक गतिविधिमा सामेल भएको प्रहरी अनुसन्धानबाट देखिएको छ । 

उनी ७ महिना अगाडिमात्र कारागारबाट निस्किएका थिए । दुवै जना पाल्पा कारागारमा सँगै कैद भुक्तान गरेका हुन् । प्रहरीको अनुसन्धानमा पदम पनि केही समय अगाडि कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । पदमले घटनामा प्रयोग भएको बाइक र हतियार व्यवस्थापन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट प्रहरीले तीन थान पेस्तोलसमेत बरामद गरेको जनाएको छ । 

पक्राउ परेका पदम र महिनारायणणले हत्या गरेबापत ३ लाख ५० हजार रकम पाउने गरी काम गरेको बयान दिएका छन् । गुन्डा नाइके मनोज पुनको निर्देशनमा काम गरेको र सो गरेबापत ३ लाख ५० हजार रकम पाउने सहमति भएको उनीहरुले प्रहरीमा बयान दिएका छन् । उनीहरु दुवैजना पुनकै समूहका सदस्य रहेको समेत खुलेको प्रहरीले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro