site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट २ किलो कोकिनसहित २ विदेशी भरिया पक्राउ

काठमाडौं । प्रहरीले करिव २ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी भरियालाई नागरिकलाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले ४ करोड मुल्य भन्दा बढीको कोकिनसहित बोलिभियन नागरिक २८ वर्षीय फ्रेदी र थाइल्यान्डकी २८ वर्षीया युवती खुन्जाइन खनारलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । 

पक्राउ परेका विदेशीबाट १ हजार ९ सय ५८ ग्राम कोकिन बरामद भएको व्युरोले जनाएको छ । 

बरामद कोकिनको नेपाली मूल्य करिब ४ करोड रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ । 

बोलिभियाबाट ब्राजिल, इथोपिया हुँदै नेपाल भित्रिएको कोकिन नेपालबाट थाइल्यान्डको बैंकक जाने तयारीमा रहेको बेला पक्राउ परेको व्युरोका प्रमुख डीआईजी ठूले राईले बताए । 
उनका अनुसार पक्राउ परेका बोलिभियन नागरिक फ्रेदी बोलेभियाबाट कोकिन बोकेर ब्राजिल, इथोपिया भारत हुदै नेपालसम्म पुगेका थिए भने, नेपाल पुगेको कोकिन लिन थाई युवती खुन्जाइन खनार थाइल्याण्डबाट काठमाडौँ आएकी थिइन् । 

साउथ अफ्रिका हुँदै नेपाल पुगेको कोकिन बोलिभियन नागरिक फ्रेदीले थाई युवतीको जिम्मा लगाउने र ती युवतीले उक्त कोकिन थाइल्याण्डसम्म पुर्‍याउने योजना रहेको डीआईजी राईले बताए । 

पक्राउ परेका दुवैजना भरिया मात्र हुन्, डीआईजी राईले भने, फ्रेदीले नेपालसम्म पुर्‍याउने र खनारले उक्त कोकिन थाईल्याण्ड पुर्‍याउने सर्त रहेछ, त्यही अनुसार उनीहरू चलेका थिए ।

पक्राउ परेका बोलिभियन नागरिकले नेपालसम्म उक्त कोकिन पुर्‍याए वापत ३ हजार अमेरिकी डलर पाउने शर्त रहेको  प्रहरीमा बयान दिएका छन् । 

“अन्तर्राष्ट्रिय लागुऔषध तस्करले एक भरियाले अर्को भरियालाई कुनै सुईको नदिने गरी काममा लगाउने गरेका हुन्छन्,” अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, “आफ्नो कर्तव्य पुरा गरेपछि उनीहरूलाई अरूको कुनै चासो हुँदैन ।”  भरियालाई सम्बन्धित ठाँउमा पुगेपछि मानिस रिसिभ गर्न आफैँ आउने भएका कारण सम्पर्क नम्बर समेत नदिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कोकिनसँग पक्राउ परेका दुई नागरिक भरिया मात्र भएको र अन्तर्राष्ट्रिय तस्करले नेपाललाई ट्रान्जिट बनाएर युरोप लैजाने तयारीका साथ कोकिन नेपाल ल्याएको ब्युरोको अनुसन्धानबाट खुलेको छ । 

डीआईजी राई भन्छन्, “नेपाल कोकिनको कारोबारको ट्रान्जिट मुलुकका रूपमा कारोबारीहरुले प्रयोग हुने गरेको देखियो । पटक–पटक गरी नेपालमा धेरै कोकिन बरामद भयो, फितलो कानुन र सहजै आउन जान मिल्ने भएका कारण तस्करीको रोजाईमा नेपाल पर्ने गरेको छ,” उनले भने । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro