site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसभामुखलाई हटाउन दिँदैनौँ, प्रतिवाद गर्ने निर्णय भएको छ : राजेन्द्र पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले कांग्रेस–एमालेले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकपछि पाण्डेले भने, "कांग्रेस–एमालेले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजे ।" 

उपसभामुखलाई हटाउन नदिने निर्णय भएको उनले जानकारी दिए । "हामी उपसभामुखलाई हटाउन दिँदैनौँ, प्रतिवाद गर्ने निर्णय भएको छ," उनले भने । 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्