
काठमाडौं । जस्मिन पेन्ट्सले यस वर्ष पनि ग्राहक उपहार योजना ‘चाड पर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई चाडपर्वमा थप उमंग र खुसी दिने उद्देश्यले भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुने गरी उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्तीमा ७५ हजार बराबरको जस्मिन पेन्ट्सको उत्पादन खरिद गर्ने ग्राहकले एक लक्की ड्र कुपन प्राप्त गर्नेछन् । लक्की ड्रमार्फत विभिन्न उपहार प्राप्त गर्न सकिनेछ । कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत एक हजार ८२ जना ग्राहकलाई उपहार प्रदान गरिने कम्पनीले जनााएको छ । जसमा बम्पर पुरस्कारस्वरूप एक जनाले जापान भ्रमण गर्ने अवसर पाउनेछन् । त्यस्तै, ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन् ।
जस्मिन पेन्ट्सले ३१ वर्षदेखि ‘नेपाली मनको रङ’ स्लोगनसहित आफ्ना उत्पादन बजारमा ल्याउँदै आएको छ ।