site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा पहिलोपटक डब्लूवान कार्टिङ च्याम्पियनसिप आयोजना हुने

काठमाडौं । नेपालमै पहिलोपटक डब्लूवान कार्टिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । द वन्डरल्यान्ड गेम जोनले पत्रकार सम्मेलनमार्फत च्याम्पियनसिपको घोषणा गर्दै मोटरस्पोर्ट संस्कृति विकासमा नयाँ अध्याय सुरु भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार, आयोजना हुने यो प्रतियोगिता भदौ १२ देखि १४ गतेसम्म सञ्चालन हुने बताइएको छ । आयोजक वन्डरल्यान्डका अनुसार, यसले नेपालमा मोटरस्पोर्टको आधार मजबुत बनाउन, युवा पुस्तालाई मोटर रेसिङतर्फ आकर्षित गर्न र अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धी ड्राइभर उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

कार्यक्रममा परिवार तथा साथीहरूलाई लक्षित गरिएका रमाइला गतिविधिहरू पनि रहनेछन् । वन्डरल्यान्डले यसअघि “एनडब्लूसी एमएमए” प्रतियोगिता र 'गुड इज वमेन' कन्सर्ट जस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरिसकेको अनुभव रहेको बताइएको छ ।

नेपालमा लोकप्रिय मनोरञ्जन पार्क वन्डरल्यान्डले गो–कार्टिङ, भर्चुअल रियालिटी, मोटोराइज्ड जिपलाइन, ट्राम्पोलिन, प्रोजेक्सन बाउलिङ, आउटडोर राइड्स र आर्केड गेम्समार्फत सर्वसाधारणलाई विश्वस्तरीय मनोरञ्जन अनुभव दिँदै आएको छ । यसै सन्दर्भमा आयोजना हुने डब्लूवान कार्टिङ च्याम्पियनसिपलाई नेपालको मोटरस्पोर्ट क्षेत्रका लागि ऐतिहासिक कदमका रूपमा लिइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्