site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् बिक्रीबाट प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, नाफा ३७ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । प्राधिकरणले गत आवमा विद्युत् बिक्रीबाट मात्रै एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । 

अन्य आम्दानी गरी एक खर्ब ३८ अर्ब ८७ करोड नाफा पुगेको हो । यसमध्ये १७ अर्ब ४७ करोड १० लाख विद्युत् निर्यातबाट भएको आम्दानी रहेको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा यो ८.४६ प्रतिशतले वृद्धि भएको हो ।
 
खर्चतर्फ एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ । प्राधिकरणको कुल सञ्चालन खर्च अघिल्लो आवको तुलनामा १०.१५ प्रतिशतले बढ्दै ९७ अर्ब ७८ करोड ७० लाख पुगेको छ । 

विद्युत् खरिदतर्फ मात्र खर्च ११.७३ प्रतिशत बढेर ७७ अर्ब १० करोड पुगेको छ । अन्य खर्चमध्ये उत्पादनमा दुई अर्ब सात करोड, प्रसारणमा तीन अर्ब २४ करोड, वितरणमा १२ अर्ब २२ करोड र रोयल्टीतर्फ एक अर्ब ८४ करोड खर्च भएको प्राधिकरणले जनाएको छ ।

व्याज खर्च, ह्रासकट्टी र विनिमय नोक्सानीसहित प्राधिकरणको कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ । 

आर्थिक वर्ष २०८१/०८२ मा करअघिको नाफा नौ अर्ब ६ करोड ७० लाख कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले कम हो । यद्यपि, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्