site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर एक दम्पतीको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर एक दम्पतीको निधन भएको छ ।

निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । 

उनीहरु आफ्नो घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाँदै थिए । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्