
काठमाडौं । मकवानपुरमा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–९, लामीडाँडामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गए राति (साउन ३०) करिब सवा १२ बजे उक्त स्थानमा ढुंगासहित रुखहरू खसेको हो । सोही कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ज्यामिरेमा सडक अवरुद्ध
मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा सडक अवरुद्ध छ । शनिबार (साउन ३१) बिहान करिब साढे ९ बजे उक्त स्थानमा सुक्खा पहिरो खसेको हो ।
दक्षिणकाली (सिस्नेरी, फर्पिङ जाने) सडकखण्डमा माटोढुंगासहितको सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सहिद राजमार्ग अवरुद्ध
रोल्पामा सहिद राजमार्ग अवरुद्ध छ । थबाङ गाउँपालिका–१, सहिद पार्कमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब साढे ८ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।