site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।

अछाम । अछाममा झन्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

बान्निगढी जयगढ गाउँपालिका–१, जयगढ बजारस्थित बर्दादेवी मन्दिरनजिक कृष्णजन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झन्डा गाड्ने क्रममा घटना भएको हो । उक्त फलामे झन्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७, नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

घाइते बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ का १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ का १६ वर्षीय शमशेर साउदको उपचार सोही अस्पतालमा भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ । रासस
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्