देश
मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
अवैधानिक रूपमा बनेका घरटहरा भत्काएको नगरप्रहरी एसपी दीनेश अर्यालले जानकारी दिए ।
“भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीमा डोजर चलाएका हौँ । हामी अहिले पनि भत्काइरहेका छौँ,” अर्यालले भने, “यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।”
भत्काउने पूर्णतयारी अनुरुप महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आज बिहान मनोहरा पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्