site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग उनले प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफमात्रै दिएको बताए ।

"गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ," उनले भने ।

उनले आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको र आफूले सदनमा बोलेकोभन्दा फरक नरहेको बताए ।

"टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यू बनाउनुभएको छ । त्यो बेठिक छ," उनले भने ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्