site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डिजिटल प्लेटफर्ममा देखिएका समस्या समाधानमा ध्यान दिन आवश्यक : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्या समाधानका निम्ति सरकार र सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबार (साउन २९) कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तक्रियामा उनले यसको सकारात्मक पक्ष हुँदाहुँदै कतिपय नकारात्मक असर पनि पुर्‍याएको उल्लेख गरे ।

उनले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो । हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ । मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन् ।”

देउवाले अगाडि भने, “डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवालगायत विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, जुम, गुगललगायत ई–बैंकिङ, ई–शिक्षा, ई–सरकारको परिकल्पना गर्न थालिएको छ ।”

यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उनले औँल्याए ।

उनले सूचना प्रविधिले नागरिकलाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए । घरघरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा, शिक्षा यी सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उनको भनाइ थियो ।

सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने उनले धारणा राखे ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्