खेल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले युक्रेनका रक्षक इलिया जाबार्नाइलाई अनुबन्ध गरेको छ । मंगलबार पीएसजीले जाबार्नाइलाई पाँच वर्षको सम्झौतासहित भित्र्याएको हो ।
पीएसजीले सम्झौता रकमबारे केही खुलाएको छैन । तर, फ्रान्सका स्थानीय सञ्चारमाध्यमले जाबार्नाइलाई क्लबले ६३ मिलियन युरोमा अनुबन्ध गरेको जनाएका छन् ।
“पीएसजीमा अनुबन्ध हुन पाउँदा हर्षित छु । म मेरो शतप्रतिशत दिएर खेल्नेछु,” जाबार्नाइले क्लबसँगको सम्झौतापछि भने ।
जाबार्नाइ सन् २०२३ मा युक्रेनियन क्लब डाइनामो किभबाट बर्नमाउथ आएका थिए । बर्नमाउथमा दुई वर्ष बिताएका उनले ७८ खेल खेलेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १६:२३
प्रतिक्रिया दिनुहोस्