देश
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको ‘बलात्कार’

काठमाडौं । सिन्धुपाल्चोकमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–२, सिम्लेका ३० वर्षीय बुद्ध लामा छन् ।
१२ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (साउन २६) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्