देश
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । नवलपरासीको सुनवल घर भई तिलोत्तमा–१४, भलवारीमा बस्दै आएका २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु४६प ८२९१ नम्बरको मोटरसाइकलमा उनी बुटवलबाट भलवारीतर्फ जाँदै थिए । सोमबार (साउन २६) बिहान करिब पौने ४ बजे मणिग्राममा मोटरसाइकल पल्टँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्