देश
विराटनगरमा मनाइयो गाईजात्रा पर्व

विराटनगर । मोरङको विराटनगरमा गाईजात्रा पर्व आइतबार (साउन २५) धुमधामका साथ मनाइएको छ । यस अवसरमा विभिन्न झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।
गाईजात्रामा नेवार समुदाय र युवाको सक्रिय सहभागिता देखिएको थियो । अग्रपंक्तिमा लाखे नाचले आकर्षण थपेको थियो ।
दिवंगत आफन्तको सम्झनामा परिवारजन तस्बिर बोकेर गाईजात्रामा सहभागी भए ।
गाईजात्रा पर्व काठमाडौंसहित देशका विभिन्न सहरमा भव्य रूपमा मनाउने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्